आज सभामुखको निर्वाचन हुँदै,देवराज र ईश्वरीबीच भिडन्त, कस्ले मार्ला बाजी ?

 माघ ०५, २०७

काठमाडौं। आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

यसपटक एमाले सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् ।

Public Patra Insert into Post

सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ ।

यता कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ । यो जोड्दा उनको बहुमत पुग्दैन ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2