सुनको मूल्य स्थिर चाँदीको भने घट्यो

 माघ ०५, २०७

बुधबार तोलामा छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Public Patra Insert into Post

बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2