हत्या अभियोग लागेका लक्ष्मी महतो संसदमै,कांग्रेसले गरायो गृहमन्त्रीलाई ध्यानाकर्षण

 माघ ०५, २०७

काठमाडौं । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै भने, “हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।”

Public Patra Insert into Post

उनले हत्या अभियोग लागेका सांसद संसदमा भए मतदान प्रक्रियामा भाग लिन पाउने वा नपाउने निर्णय गरेर मात्रै सभा सञ्चालन गर्न माग गरेका थिए।

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो  आरोपित छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2