आज शुक्रबार राशिफल संगै बुढानिलकण्ठको दर्शन गरौँ

 माघ ०६, २०७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने समय हो, हाँकेरताकेका जुनसुकै काममा बिलम्ब हुनसक्छ । अल्छी गर्ने होइन, कडा परिश्रम गरेर काम निकाल्नुपर्ने हुन्छ । यन्त्र वा उपकरणको प्रयोगमा सावधानी अपनाउनु ठीक हुन्छ । विवाद वा लफडामा पछि हटेको बेस हुन्छ, कुनै समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूणर्रूपेण सहयोग गर्नेछन् । कलात्मक कार्य अभिनय, गायनरवादन, नृत्य, भिडियोरचलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ ।

Public Patra Insert into Post

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नु होला । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो । भविष्यको चिन्ताले सताउन सक्छ, तर प्रयास गरेमा अधिकारको स्थापना गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । नयाँरनयाँ विषय र काम प्रति जागरुकता बढ्ने दिन हो । रचनात्मक र सीपमूलक काममा सफलता मिल्नेछ । मन प्रेमिल बन्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन, तर सानातिना र बेकामे कुरामा मन अल्झियो भने निराशा व्यहोर्नुपर्छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । सँगीसाथी र आफन्तको सहयोग गर्ने मानसिकता बन्नेछ, यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)वौद्धिक क्षेत्र, प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले शुभ परिणाम प्राप्त गर्ने दिन हो । अभिव्यक्तिगत कलात्मकता एवं आन्तरिक प्रतिभा प्रस्फुटन हुने राम्रो समय छ । वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ । बोली र व्यवहारमा नम्रता हुनु जरुरी छ, तर अचानक नचिताएको धन हातमा आइपुग्न सक्छ । बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । कामधन्दामा सहजताको अनुभूति हुनेछ, घरपरिवारमा पनि समझदारी रहने छ । अझ साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ । श्रम अलि बढी गर्नु परे पनि बेफाइदा नै त हुँदैन, तर पनि पारिवारिक सम्बन्ध निरस देखिन्छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । पार्टनरले तपाईंका भित्री इच्छालाई बुझिदिंदा आनन्दको अनुभूति हुनेछ, अब प्रेम सार्वजनिक भएमा पनि गौरवको आभास हुनसक्छ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2