पालिका बासीलाई गुणस्तरिय खाद्यान्य खुवाउने अभियानमा पाँचपोखरी

 माघ ०६, २०७

पालिकाका बासीन्दालाई गुणस्तरिय खाद्यान्य खुवाउने अभियानका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा चेक पोइन्ट स्थापना गरेको छ ।

गाउँपालिकाले २०७९असोज ५ देखी २ जना कर्मचारी तथा बजार निरीक्षक राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका भित्र व्यापारीहरुले निर्यात गरी ल्याएको खाद्य सामाग्रीहरुको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति चेक जाँच गरी दैनिक रुपमा तथ्याङ्क राख्ने काम गरि रहेको कर्मचारी राजन भुजेलले बताउनुभयो ।

Public Patra Insert into Post

गाउँपालिकाले बजार निरीक्षण सम्बन्धी कार्यविधि –२०७९ गाउँकार्यपालिकाबाट पास गरी लागु गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताउनुभयो । आफ्नो पालिका भित्र बसोबास गर्ने उपभोक्ताहरुले गुणस्तरीय खाद्यान्न सामाग्रीको उपयोग गर्न पाउन भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताउनुभयो ।

माथिल्लो भेग हरुमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानियले गुनासो गरेका थिए । अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानिय राम श्रेष्ठले खुशी व्यक्तः गर्नुभयो ।मिति हेर्न समस्या रहेका गाँउका साना व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले मिति सकिन लागेका पठाउने गरेको पाइएपछि यो अभियान सुरु गरेको पालिकाले जनाएको छ

।अभियान अन्तर्गत अहिले सम्म सयौँ किलो मिति गुज्रेका तथा सकिन लागेका सामग्री नियन्त्रणमा लिईएको अध्यक्ष लामाले बताउनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2