नेपाली कांग्रेसबाट उपसभामुखमा मुक्ता यादवको उम्मेदवारी

 माघ ०६, २०७

नेपाली कांग्रेसले उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले समानुपातिक सांसद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले सभामुखमा पनि उम्मेदवारी दिएको थियो । तर, कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको प्रस्ताव मत विभाजनसम्मै पुग्न सकेको थिएन ।विपक्षी दलको समर्थनमा कांग्रेस उपसभामुख उम्मेदवार उठाउने भएको हो ।

Public Patra Insert into Post

सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उम्मेदवार घोषणा गरेको छ।धुम्बाराही बैठकले उपसभामुख उम्मेदवार तयर गरेपछि सत्ताबाहिरका अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2