ल्होसारको अवसरमा हेलम्बु गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने

 माघ ०६, २०७

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुचनाजारी गर्दै गाँउपालिकाले कार्यपालिकाको निर्णय अनुसार बिदा दिएको जानकारी गराएको छ ।

२८५९ औँं ह्योई ल्हो (विरालोवर्ग)को सोनाम ल्होसारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ल्होछार पर्व मनाउनको लागि आगामी माघ ८, ९ र १० गते गाउँपालिका अन्तर्गतसम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

ल्होछार १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक रसांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले चन्द्रमास पात्रो अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ ।May be an image of text

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2