राजेन्द्र भण्डारी र प्रतिमा आर्यालको सुमधुर आवाजमा “चामलको कनिका”सार्बजनिक( भिडियो हेरौं)

 माघ ०७, २०७

काठमाडौँ – पछिल्लो समय कलाकारिता क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ ।

तर कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ।

Public Patra Insert into Post

यसै क्रममा पछिल्लो समय हरेक संचारमाध्यममा गायक राजेन्द्र भण्डारीको लोक दोहोरी गीत ‘चामलको कनिका’  निकै घन्किने गरेको पाइन्छ ।प्रस्तुत गीतमा राजेन्द्र भण्डारी र “ओए गनगन” गितका चर्चित गायिका प्रतिमा आर्यालको सुमधुर स्वर सुन्न सकिन्छ।  मेनुका डिजिटल प्रालिको प्रस्तुतिको रुपमा बजारमा आएको गितको भिडियोमा माया प्रेम अनि विछोडको पीडा मिश्रित लाई देखाऊन खोजिएको छ।

गीतमा गायक भण्डारीकै लय  र शब्द संकलन र सुफिक़्स मदनको संगीत र एरेन्ज रहेको छ।मुटु ग्रुपको निर्देशन,सन्तोष तिमल्सिनाको छायांकन रहेको म्युजिक भिडियोमाराजेन्द्र भण्डारी ,प्रतिमा आर्याल ,राजाराम कोईराला,बालचन्द्र घोरासैनी,मिना रायमाझी लगायत कलाकारहरुको अभिनय लाई देख्न सकिन्छ।

कल्पेश विश्वकर्माले सम्पादन गरेका भिडियो पछिल्लो समय भण्डारी लाईभ दोहोरी र टिकटकतिर पनि लोकप्रिय बन्दै गएका छन्।सार्बजनिक गितको भिडियो Menuka Digital युटुब च्यानल बाट प्रशारन गरिएको छ।

पूरा भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2