विश्व समावेशी साहसी संस्थाद्वारा पाँचपोखरीका २ विद्यालयलाई कम्प्युटर र टेलिभिजन हस्तान्तरण

 माघ ०७, २०७

विश्व समावेशी साहसी संस्थाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका २ वटा विद्यालयमा सहयोग गरेको छ ।

संस्थाले गाउँपालिका वडा नम्बर ८ लप्सेको सरस्वती आधाभुत विद्यालय र वडा नम्बर ७ तिपेनीको क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयमा टेलिभिजन र कम्प्युटर हस्तान्तरण गरेको संस्थाकी अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो ।

Public Patra Insert into Post

क्षेत्रपालेश्वरीमा १० थान कम्प्युटर र सरस्वती आधारभुत विद्यालयमा १ थान टेलिभिजन वितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।

विगत देखिनै शैक्षिक तथा आर्थिक उपार्जनका लागि विभिन्न माध्यम बाट सहयोग गर्दै आएको संस्थाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने अध्यक्ष गुरुङले बताउनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2