सर्लाही हरिपूर्वामा मोटरसाइकल दुर्घटना,एकको मृत्यु

 माघ ०, २०७

काठमाडौ । सर्लाही माघ ९ जिल्लाको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा हरिपूर्वा –९, का ३४ वर्षीय जोगी यादवको ज्यान गएको हो ।

हरिपूर्वा –१ अन्तर्गत भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

Public Patra Insert into Post

उनलाई जनकपुरमा सामान्य उपचारपश्चात थप उपचार गर्न काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल भारतीय नम्वर प्लेटको भए पनि नम्वर भने स्पष्ट हुन नसकेको प्रहरी नायव नीरीक्षक डिएसपी विजय श्रेष्ठले बताए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2