गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै जनकपुरधाममा प्रदर्शन

 माघ ०, २०७

जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्यालाई लिएर स्थानीय आन्दोलित भएका छन् । आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरि चक्काजाम गरेका हुन् ।

उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् ।जनकपुरधामका युवकद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग स्थानीयले माग गरेका छन् ।

Public Patra Insert into Post

पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुटो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन् ।

प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ । परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ ।

उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामासमेत माग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदीश साहका २२ वर्षीय छोरा रोहित र वडा नम्बर(१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या भएको थियो ।

उनीहरुको शव आइतबार बिहान भारतको बिहार राज्यस्थित परिहार पर्सा गाउँको पश्चिमतर्फ चौरमा शव फेला परेको थियो ।

त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो ।

यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2