नेप्सेमा दोहोरो अंकले गिरावट

 माघ ०, २०७

सोमबार बजार परिसूचक नेप्से १३.७१ अंक (०.६३ प्रतिशत) ले गिरावट हुँदा २१६५.१० अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा पनि सेयर बजार परिसूचक नेप्सेमा भने दोहोरो अंकको गिरावट भएको छ ।

बैंकिङ उपसूचक १.०८ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले वृद्धि भएपनि अन्य सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।नेप्सेमा सुरुवातदेखि नै तिव्र उतारचढाव देखिएको थियो । उताचढावबीच अन्तिममा नेप्से दोहोरो अंकले गिरावट भएर बन्द भएको हो ।  विकास बैंक हाइड्रोपावर र होटल तथा पर्यटन उपसूचकमा दुई प्रतिशत भन्दा माथिको गिरावट हुँदा नेप्से पनि घटेको हो ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2