मेलम्ची-११का किसानलाई मिनिटिलर र कर्नसेलर वितरण

 माघ ०, २०७

मेलम्ची नगरपालिकाका किसानहरुलाई मिनिटिलर र कर्नसेलर वितरण गरिएको छ । वडा नम्बर ११का २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको कृषि विकास शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।

जरायटार साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम ( मकै पकेट निरन्तरता ) अन्तर्गत ५०% अनुदान कृषी सामग्री ( मिनिटिलर र कर्नसेलर वितरण गरिएको हो । मिनिटिलर वितरण गर्दै नगरप्रमुख आइतमान तामाङले आधुनिक प्रविधी मार्फत खेती गर्दै ब्यबशायीक बन्न आग्रह गर्नुभयो ।

Public Patra Insert into Post

उहाँले किसाहरुको विभिध समस्या रहेको उल्लेख गर्दै ति समस्या समाधानका लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा किसानहरुले ट्याक्टर सँगै कोदो कुट्ने र गहुँ झार्ने मेसिनको समेत आवश्यकता रहेको बताएका थिए ।

नगर प्रमुख तामाङले समुहगत रुपमा आउने मागहरुलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताउनुभयो । वितरण कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, वडा नम्बर ११का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ,वडा सदस्य प्रतिमा धिताल, सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2