अशिमकुमार कटुवाल र अमृता रायमाझीको सुमधुर स्वरमा“घोप्टी”सार्बजनिक(भिडियो सहित)

 माघ ०, २०७

काठमाडौँ – पछिल्लो समय कलाकारिता क्षेत्रका गीत संगीतको उचाई ह्वात्तै बढेको छ । यसको कारण भनेको संचार माध्यमलाई बुझेर पनि हुन सक्दछ । पहिले जस्तो अहिले कुनै पनि गीत तयार पारिसकेपछि संचारमाध्यमलाई उपलब्ध गराउने क्रम घटेको छ ।

तर कलाकारहरुले भने हरेक आफ्ना सिर्जनाको चर्चाको निमित्त संचार माध्यम अपरिहार्य भएको मनन गरेको हुनाले पनि यो स्थति आएको हुन सक्दछ।यसै क्रममा पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल र गायिका अमृता रायमाझी ( रश्मि)को सुमधुर स्वरमा “घोप्टी” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ ।

Public Patra Insert into Post

उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका नेपालि काठे लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने गायक अशिमको धारणा रहेको छ ।

यो गीतको संगित सूर्यमणी आचार्यले गरेका छन् भने भिडियोमा अभिनय जिम्बे राई र अप्सरा कार्कीले गरेका छन् । उक्त गितमा निर्देशन निरेन श्रेष्ठ तथा सम्पादन कल्पेश विश्वकर्माले छन् । यस गीतको छायाँकन मरुभूमि नारायणले गरेका छन् ।संगीत संयोजन रामकृयण थापा तथा मिक्सिङ कुमार सानु पुनले गरेका छन् ।

गीतको अडियो तथा भिडियोलाई Ashim Kumar Katuwal युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2