नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी पोषराज पोखरेल

 माघ १०, २०७

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दिइएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

Public Patra Insert into Post

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2