रेडियो मेलम्ची १०७.२ मेगाहर्ज आजबाट ११औँ बर्षमा प्रवेश

 माघ १०, २०७

मेलम्ची । सिन्धुपाल्चोकको दुवाचौरबाट प्रशारण हुदै आएको सामुदायिक रेडियो रेडियो मेलम्ची एफएम १०७.२ मेगाहर्ज आजबाट ११औँ बर्षमा प्रवेश गरेको छ । सामुदायिक संञ्चार अभियान सिन्धुपाल्चोकद्वारा सन्चालित रेडियो मेलम्ची २०६७ माघ १० गते अर्थात आजकै दिनबाट प्रशारण सुरु भएको थियो ।

रेडियोले विभिन्न सन्देशमुलक सामग्री, समाचार, मनोरन्जनात्मक कार्यक्रम, वन वातावरण, स्वास्थ्य, शिक्षा,खेलकुद सामग्री उत्पादन तथा प्रशारण गर्नुको साथै आवाजविहिनहरुको आवाज बुलन्द गदै आएको छ ।

Public Patra Insert into Post

रेडियोलाई निरन्तर सहयोग गरी यहा सम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने विज्ञापन दाता, श्रोता, शुभचिन्तक, रेडियोका सन्चालक समिति, कर्मचारी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति स्टेसन म्यानेज देवराज सुवेदीले सामाजिक संजाल फेसबुक मार्फत आभार प्रकट गरेका छन् । साथै उनले आगामी दिनमा पनि यसरी नै निरन्तर सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2