बलेफी २ मा वडा कार्यालय बनाउन खनिएको खाल्डो स्थानियाद्वारा दोस्रो पटक पनि पुरियो

 माघ १०, २०७

बलेफी। बलेफी गाउँपालिका वडा  न.२ मा वडा कार्यालय बनाउन खनिएको खाल्डो स्थानियहरुले पुरी दिएका छन्। वडा अध्यक्षले स्थानीय जनचाहना अनुरुप पटक पटक  निबेदन गर्दा पनि आफ्नो पाएक पर्ने ठाउमा  वडा कार्यालय बनाउन लागेको भन्दै सो खाल्टो पुरेको स्थानीयहरुले बताएका छन्।

स्थानीयको चाहना बिपरित अपाएक पर्ने ठाउमा वडा कार्यालय बनाउन लागेको भन्दै २०७७ मा स्थानीयले सोहि खाल्डो पुरेका थिए.। जसका कारण अघिल्लो कार्यकालमा नै बन्नु पर्ने वडा कार्यालयको ४५ लाख बजेट फ्रीज भएको थियो।

Public Patra Insert into Post

अध्यक्ष छविला न्यौपानेलाइ सो ठाउमा वडा नबनाउन र सबैलाई पाएका पर्ने ठाउँ संसारी डाडामा बनाउन पटक पटक अनुरोध गरेको स्थानीय बताउछन। जनचाहनालाई अबज्ञा गरेको भन्दै पहिलो चरणमा  काम बन्द गर्न माग गर्दै  २ सय २० जना स्थानीयवासीहरुको हस्तक्षर् सहित माघ ९ गते जिल्ला समन्वयको कार्यायालय ,जिल्ला प्रसाशन र  बागमती प्रदेश मुख्य मन्त्रिको कार्यालयलाई बोधार्थ राखेर पालिका अध्यक्षलाइ  पत्र  बुझाएका थिए ।

यता सो निबेदनको अबज्ञा गर्दै आज १० गते  नै प्रतिनिधि सभा क्षेत्र न. १ का सांसद माननीय सुबोध सापकोटाको आतिथ्यतामा भवनको सिलान्यास गर्ने र बलेफी २ मा रहेको लक्ष्मी देबी माविको जन्मजयन्ती मनाउन जाने गोप्य कार्यक्रम रहेको जानकारी पाए पछी स्थानीयहरु आक्रोसित हुदै फाउन्डेसनको लागि खनिएको खाल्डो पुरी दिएका छन्।

स्थानीयले छलफलको लागि बोलाउदा पनि वडा अध्यक्ष नआए पछि  जनभाबना बिपरित गरिएको कार्य हामीलाई स्वीकार नहुने भन्दै १ सय ५० भन्दा बढी स्थानीयहरुले प्लेकार्ड सहित नारा लगाएर खाल्डो पुरेको समाजिक अभियान्ता कृष्ण बहादुर थापाले जानकारी दिनु भयो। अझै सो कार्य नरोकिए क्षेतिको सम्पूर्ण जिम्मेवारी पालिकाले लिनु पर्ने स्थानीयले जानकारी दिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2