बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्पको धक्का,घर भत्कियो, थप विवरण आउदै

 माघ १०, २०७

काठमाडाैं : सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसाे २ बजेर ४५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हाे भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ।

Public Patra Insert into Post

बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताउनुभयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी थापाले बताउनुभयो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2