गुणस्तरीय शिक्षाको लागि राज्यले लगानी बढाउनुपर्छ : सासद तामाङ

 माघ १०, २०७

बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समिर) ले गुणस्तरीय शिक्षा प्रदान र प्रतिस्पर्धामा उत्रन सक्षम जनशक्ति उत्पादन गर्नका लागि आफू लागि पर्ने बताउनुभएको छ ।

भन्ज्याङ्ग आधारभूत विद्यालय,हेलम्बु –५ ,शिरिसेद्वारा २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै कार्यक्रमको प्रमुख अतिथि तमाङले अमुल्य मत दिएर आफुलाई जिताउनु भएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

Public Patra Insert into Post

उहाँले यस क्षेत्रको विद्यालय लगायत अन्य विकास निर्माणको काममा आफू सधै संंगै रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । तामाङले स्थानिय, प्रदेश र संघ सरकार मिलेर दिगो विकासको काम गर्न सकिने भएकाले सबै सँंग हातेमालो गरेर अघि बढने उहाँले बताउनुभयो । राज्यले शिक्षामा लगानी बढाए मात्र गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएकाले आफ्नो तर्फबाट पहल गर्ने उहाँको भनाई छ ।

तामाङले चुनावका बेला संघका सांसद मोहन बस्नेत र आफुले गरेका प्रतिबद्धता सरकारमा भएपनि नभएपनि जसरि पनि पूरा गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य भरत खडका , हेलम्बु ५ का अध्यक्ष दिपकुमार तामाङ लगायतले आफ्नो धारणा राख्नु भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाक्पा तामाङले जानकारी दिनुभयो । कार्यक्रममा कलाकार, विद्यार्थीहरुले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2