पहिला बाँच्न पर्छ

 माघ ११, २०७

मेरो पनि कथा उस्तै छ मिटरे ब्याजको

मैले जुवामा हारेको थिइन मैले त स्वरोजगार बन्न व्यवसाय नारेको थिएँ

Public Patra Insert into Post

रिठ्ठे र तारेको हल जस्तो साझेदारीको व्यापार

स्वदेश मै आत्मनिर्भर हुने सपना बोकेर मेरो पनि व्यथा उस्तै छ

परिवारको हेलाँमा परेको मैले सुन्दरी घुमाएर हिडेको थिइन

मैले मेरा पिताजिको जस्तै जिवन नबाँच्ने निधो गरेँ

कृषि नै गर्ने तर आधुनिक गर्ने महत्वकांक्षा बोकेँ

परदेशमा पसिना बेच्दिन भन्ने संकल्प लिएँ

उतिबेला लहर उस्तै थियो मुलुक बदल्छु भन्ने

समाजले नपचाएको परिवर्तनको नारा पनि लगाएकै थिएँ

मेरो काखि छोएर उम्किएको गोलि सायद भेटिन्छ होला

चिलाउँनेका टोड्कोमा अझै म धन्न बाँचेर घरपुग्दा मेरै सहयोद्धाको सुराकी भएछु ।

मलाई बाँचेर केहि गर्ने भोक जाग्यो

मलाई इमानको रोटि खानु भन्ने भनाई याद आयो

मैले मलाई बचाउँनु षड्यन्त्र बुनेको भयो

मैले शहरको पाटिमा डेरा जमाएँ

मैले मेरा पिताले जस्तै नाम्लो पनि समाएँ

मेरो पनि प्रयास धेरै थियो स्वदेशमै केही गर्ने

“फर्किएर गरौँला पहिला बाँच्न पर्छ” मैले गुरु मन्त्र बनाएँ

एकै सालमा मनग्या कमाएँ

समय बदलियो तर मभित्रको किरा मरेन

स्वदेशमै केही गर्ने विशाल सपना बोकेर फर्किएँ

अनि त मैले सबै सुरु गरे गाउँ देखि शहर सम्म

पत्रकारिता देखि कृषि सम्म व्यापार देखि राजनिति सम्म

तर म अनविज्ञ रहेछु कुटिल नियातहरुसंग म पाइला-पाइलामा लुटिएँ

आफ्नै कमाइको हिस्सा माग्दा कुटिएँ

मैले राज्यको निकायमा मेरो मान्छे खोजिन

मैले स्वार्थ सिद्ध गर्न पुराना पार्टी रोजिन

यहाँ व्यक्ति, व्यवस्था र विचार तिनवटै नयाँ चाहियो

फेरि भन्ने वित्तिकै त कहाँ पाइयो?

आजकाल म फेरि परदेशी भएको छु

उहि पुरानो गुरु मन्त्र बोकेर “फर्किएर गरौँला पहिला बाँच्न पर्छ”

-आँगेली माईला ,हाल : मलेसिया

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2