मेलम्ची-६ तालामाराङका किसानलाई मिनिटिलर र कर्नसेलर वितरण

 माघ ११, २०७

मेलम्ची नगरपालिका कृषि विकास शाखा द्वारा मेलम्ची नगरपालिका ६, तालामाराङमा कृषि अनुदानका सामग्री मिनिटिलर र कर्नसेलर वितरण गरिएको छ ।

बुधबार प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना पाकेट विकाश (मकै पकेट नयाँ) कार्यक्रम अन्तर्गत ५०% अनुदानका ४२ वटा कृषि सामग्री मिनिटिलर र कर्नसेलर वितरण गरिएको हो ।

Public Patra Insert into Post

कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख आईमान तामाङले कृषिलाई थप आधुनिकिरण गर्न र स्थानियको आर्थिक उन्नतिका लागि व्यवसायिक कृषि तर्फ अग्रसर गर्नका लागि मेलम्ची नगरपालिकाले कृषि साम्रागीहरु वितरणमा जोड दिएकोे बताउनुभयो ।

अनुदानमा दिएको साम्रागी कृषकहरुले सहि ढंगले उपयोग गर्ने कुरामा आफु विश्वत भएको पनि नगरप्रमुख तामाङले बताउनुभयो । नगरपालिकाको स्थानियको प्रमुख आयस्रोत नै कृर्षि भएकाले नगरले कृषि साम्रागी अनुदान दिने मात्र नभई मर्मत सम्बन्धी पनि विभिन्न कार्यक्रम बर्षेनी गर्दै आएको र यसमा सहभागी हुन स्थानियलाई नगरप्रमुख तामाङले आग्रह गर्नुभयो ।

आर्थिक वर्ष २०७९/०८० विनियोजित अनुदानको कृषि सामग्री वितरण कार्यक्रम अन्तगत सो सामाग्री वितरण गरिएको मेलम्ची नगरपालिका कृषि विकास शाखा प्रमुख अमरनाथ आर्चायले बताउनुभयो । नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं ६ का वडाध्यक्ष प्रेम बहादुर तमाङ, कार्यपालिका सदस्य तामाङ, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2