बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

 माघ ११, २०७

हेटौंडा ।बागमती प्रदेशमा सरकार गठन भएको १६ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार थप आठ जना मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Public Patra Insert into Post

नेकपा एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपक्षी विकास मन्त्री बनेका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।

यस्तै माओवादीबाट गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेका छन् । माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल प्रदेश मुख्यमन्त्री हुन् ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् । यसअघि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनेका हुन् ।

बागमतीमा राज्यमन्त्री हुने छैनन् । मुख्यमन्त्री जम्मकट्टेलले राज्यमन्त्री नबनाउने घोषणा गरिसकेकाले ११ जना मन्त्रीहरूले प्रदेश सरकार हाँक्ने भएका हुन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2