फागुन ११ गतेदेखि ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने

 माघ १२, २०७

आगामी फागुनमा ११ गतेदेखि १७ गतेसम्म ‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने भएको छ।

‘युवा संघले आयोजना गर्ने भनेर स्वीकृतिको लागि चिठी पठाएको र त्यसमाथि पूर्वप्रधानमन्त्रीको नाममा हुने भनेपछि खुसीको कुरा पनि हो भन्दै सो प्रतियोगितालाई अनुमति दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी दिए।

Public Patra Insert into Post

युवा संघले सो प्रतियोगितामा ए डिभिजन क्लबका ८ वटा टिम सहभागी हुने जनाएको छ। प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।

प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव राईले जनाए।यस्तो छ मोफसल प्रतियोगिता २०७९ तालिका

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2