सिन्धुपाल्चोकका कुमार आचार्यले जन्मदिनमा गरे २० विद्यार्थीका लागि स्टेशनरी सामान वितरण

 माघ १२, २०७

सिन्धुपाल्चोकका कुमार आचार्यले आफ्नो जन्मदिनको तिथि पारेर उत्कृष्ट २० विद्यार्थीका लागि स्टेशनरी सामान वितरण गर्नुभएको छ ।

जनसुधार निम्न माध्यमिक विद्यालय सि.पा धुसेनीका कक्षा १ देखि ८ सम्मका २० विद्यार्थीलाई स्टेशनरी सामान वितरण गर्नुभएको हो । जनसुधार निम्न माध्यमिक विद्यालयमा आयोजित सरस्वती पूजाको अवसर पारेर उहाँले स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

Public Patra Insert into Post

‘जन्मदिनको अवसरमा जेहनदार विद्यार्थीका लागि हौसला स्वरूप केही स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छु यसमा खुसी छु,केही फरक र केही नयाँ गरौँ भन्ने जाँगरअनुसार नै गरेको हुँ’,उहाँले भन्नुभयो । उहाँले जन्मदिनलाई उत्सवको रूपमा मनाउँदै समाजसेवामा लगाउन सके केही आनन्दको महसुस हुने बताउनुभयो ।

आचार्यले अब प्रत्येक वर्षको जन्मदिनलाई समाजसेवामा लगाएर मनाउने अठोट गरेको सुनाउनुभयो । उहाँले २० विद्यार्थीलाई कपि र कलम हस्तान्तरण गर्नुभएको थियो ।No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2