सेतिकादेवि मा वि मेलम्ची-१ को ६२औं बार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न

 माघ १२, २०७

मेलम्ची नगरपालिका वडा नम्बर १ झांक्रि गाउँस्थित सेतिकादेवि माध्यमिक विद्यालयको ६२औं बार्षिक उत्सव तथा प्रथम अभिभावक समारोह आज सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानिय झाँकि समेत प्रर्दशन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधारको विकास सँगै अब गुणस्तरीय शिक्षामा ध्यान दिदै अगाडी बढ्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले विद्यालयमा आवश्यक पुस्तकालय, ल्याव,क्यान्टिनका लागि भवन निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Public Patra Insert into Post

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख उमा प्रधानले शैक्षिक विकासका लागी कुनैपनि सम्झौता नुहने बताउनुभयो । उहाँले नगरपालिका शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रहरुमा उल्लेख्य लगानी गरेको बताउँदै प्रतिफल आउनेगरी काम गर्न सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षताका भएको कार्यक्रममा प्रधानाध्यापक मानबहादुर कार्किले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका सभापती थापाले नगर भित्रको नमुना विद्यालयकोे रुपमा विकास गर्दै जाने बताउँदै नगरपालिका बाट साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

विद्यालय ६२ बर्ष पुगेको अवसरमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा हाल सम्मका पूर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानाध्यापक, विभिन्न सघंसंस्था, विद्यालयमा आर्थिक सहयोग गर्ने संस्था तथा ब्यक्ति लगायतलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा लोक गायक भिमसेन खतिवडा लगायतका कलाकार र विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2