ऊ शहीद हो

 माघ १२, २०७

जन्मनेहरू जन्मिरहन्छन्

मृत्युको आलोकमा

Public Patra Insert into Post

रहरिला जीवन छचल्काएर

जीवनोत्सवहरू वीजहरू माटोमै लहराउँछन्

 

जब फुल्दैनन् समयसँगै सापेक्ष

समानताका चेतनाहरू कायरहरू हेरिरहन्छन् अपराधहरू

याद गर जलेका प्रेमहरू जुरुक्कै उठ्नेछन् र कायरहरूको अपराधको सत्ता गर्ल्याम्म ढाल्नेछन् ।

विवेकहीन सत्ता मातेका बेला आँखाहरू रगत छादेर निस्कनेछन्

 

अनि रगतकै मसाल उचालेर झोस्नेछन् सेता घरका घृणित दिवारहरू

देशका लागि जब पड्कन्छन् पटट मृत्युका गोलीहरू

तब, अपराधका चाङहरू निमिट्यान्न पार्नेछन् जलिरहेका प्रेमहरू ।

सहादतको मसाल तापेर रमिता हेर्ने कायरहरू

 

मृत्यु गिज्याइरहेका छन् दिनदहाडै एक झिल्को आगो

अन्यायका बिरुद्ध न्याय खोजिरहेको छ

अनदेखा सत्ता वर्तमानको कलम लेखिरहेको छ

समयको उत्तर आधुनिक कालमा एउटा छोरो

अवस्था परिवर्तनका लागि एक्लै सती गएको छ ।

 

कायरहरू मर्न डराउँछन् तर थाहै नपाई मर्छन्

हिम्मतिला वीरहरू समाज परिवर्तनका लागि छाती थाप्छन्

हाँसेर गोली खान्छन् नश्वर शरीर मरेर कल्पान्तक सफल अमरत्व बाचिरहन्छन्

मान्छेहरू नाहक बाँचेर मर्छन् शहीदहरू देशका खातिर मरेर बाँच्छन् ।

 

अन्याय उखेल्न बोकेका आवाजहरू

अत्याचारका बन्दुकहरू भाँच्न निस्कँदा सत्ताका उन्मादले लागेका गोलीहरू

छातीमा ठोकिँदा हाँसेर मरेको यो देशको तन्नेरी छोरो

रगतको आहाल पन्छाएर हाँसेरै बाँचिरहेको छ तब त

ऊ शहीद हो जो मरेर स्वयं सहर्ष बाँचिरहेको छ ।

                  -टंकमणि अधिकारी

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2