अनमोल केसी अभिनीत बहुप्रतिक्षीत फिल्म ‘छड्के २’को टिजर सार्वजनिक

 माघ १३, २०७

काठमाडौं । अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा फिल्म ‘छड्के २.०’को आधिकारिक टिजर सार्वजनिक भएको छ । एक मिनेट ४५ सेकेण्ड लामो टिजर एक्सनप्रधान लाग्छ ।

शुक्रबार युट्युबमा सार्वजनिक १ मिनेट ४६ सेकेन्डको टिजरमा यार्सा गुम्बा तस्करी र स्याउ बेचबिखनको विषयमा तीनवटा अपराधिक समुहबीचको लडाइँलाई रोचक शैलीमा देखाइएको छ ।

Public Patra Insert into Post

ग्याङस्टर मनोविज्ञान सिर्जना गर्ने टिजरको ब्याकग्राउड स्कोर र रङ संयोजन पनि आकर्षक लाग्छ । हिमालपारिको जिल्ला मनाङमा छायांकन गरिएको फिल्मको टिजरले त्यहाँको प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा भन्छ ।समग्रमा यो रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथा हो ।

रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् । दश वर्षअघिको फिल्म ‘छड्के’को सिक्वेलको रुपमा यो निर्माण भए पनि कथावस्तु चाहिं भिन्न देखिन्छ ।

फिल्ममा रोविन तामाङ, सिर्जना सुब्बा, कमलमणि नेपाल, रेशा आले मगर, देवकुमार श्रेष्ठ, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानलगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2