आईटिएफ महासचिव स्टिफन र ट्रेड युनियन कांग्रेसका अध्यक्ष आचार्यबीच भेटवार्ता

 माघ १४, २०७

काठमाडौ,माघ १४ । अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ ( आईटिएफ ) का महासचिव स्टिफन कटन र ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यबीच भेटवार्ता भएका छन् ।

शनिबार युनियनको केन्द्रीय कार्यालय अनामनगरमा पदाधिकारीहरुसहित स्टिफनसंग भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य, सार्कटुकका महासचिव लक्ष्मण बस्नेत, निवर्तमान अध्यक्ष खिलानाथ दाहाल, उपाध्यक्ष अजय कुमार राई, महासचिव योगेन्द्र कुँवर, युनियनका पदाधिकारीहरु एवं यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी लगायत सहभागी थिए ।

Public Patra Insert into Post

भेटवार्तामा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले महासचिव स्टिफनलाई स्वागत गर्नुहुदै नेपालको वर्तमान ट्रेड युनियन आन्दोलनकोबारे जानकारी गराउनुभयो ।उहाँले आईटिएफ महासचिवको नेपाल भ्रमणले थप उर्जा प्राप्त गर्नुकासाथै युनियनबीच भाइचारा प्रगाढ हुने बताए । त्यसक्रममा अध्यक्ष आचार्यले जेठमा हुने केन्द्रीय महाधिवेशनमा स्टिफनलाई निम्तो समेत दिनुभयो ।

आईटिएफका महासचिव स्टिफनले श्रमिक अधिकार र ट्रेड आन्दोलन सशक्तीकरणमा सदैब सहयोग हुने बताउनुभयो । कार्यक्रममा सार्कटुकका महासचिव लक्ष्मण बस्नेत, निवर्तमान अध्यक्ष खिलानाथ दाहाल लगायतले नेपालको ट्रेड युनियन आन्दोलनबारे बताउनु हुँदै आईटिएफ र यातायात मजदुर संघको कामको प्रसंशा गर्नुभयो ।

कार्यक्रममा महासचिव योगेन्द्र कुँवरले ट्रेड युनियन कांग्रेसले गर्दै आएको कार्यक्रम र अवस्थाकोबारे जानकारी गराउनुभएको थियो । महासचिव स्टिफनले ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यालय परिसरमा रहेको संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको सालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।

स्टिफन नेपाल यातायात मजदुर संघसंग आबद्ध नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय अधिबेशनमा भाग लिन नेपाल आउनुभएको हो । आईटिएफको १२७ वर्षको इतिहासमा यो नै पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो । भेटवार्तामा भारतको विहार ट्याङ्कर चालक , उपचालक युनियनका अध्यक्ष चन्द्रप्रकाश सिंह समेत सहभागी थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2