काउनले मनायो २५ औं स्थापना दिवस

 माघ १४, २०७

काठमाडौ – माघ,१४ गते। नेपाल निर्माण सम्बद्ध श्रमिक संघ ( काउन ) ले २५ औं स्थापना दिवस मनाएका छन् । शनिबार एक कार्यक्रमकाबीच काउनले आफ्नो २५ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपालमा प्रजातन्त्र स्थापना गर्न ट्रेड युनियनको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्नु हुँदै लोकतन्त्रलाई जरासम्म पुर्याउने माध्यम पनि ट्रेड युनियन नै हुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डेले श्रमिकका हरेक मुद्दालाई सदनमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Public Patra Insert into Post

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले निर्माण लगायत अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरण र सामाजिक सुरक्षा कार्यक्रम आजको प्रमुख मुद्दा रहेको बताउनुभयो । महासचिव योगेन्द्र कुँवरले ट्रेड युनियन कांग्रेसको लामो समयको प्रयास पश्चात् अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षा योजना घोषणा भएकोले प्रभावकारी कार्यान्वयनकोलागी ट्रेड युनियन कांग्रेसले आवश्यक भुमिका निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य ध्रुवचन्द्र गौतमले ट्रेड युनियन आन्दोलनमा विभिन्न चुनौती आएकोले श्रमिक हक अधिकार सुनिश्चितलागि सशक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । काउनका अध्यक्ष प्रदीप आचार्यले निर्माण श्रमिकको हकहित र जिवनस्तरमाथी उकास्न काउन सदैव क्रियासिल रहने बताउनुभयो ।

काउन निर्माण क्षेत्रमा कार्यरत श्रमजीवीहरुको हक अधिकारमा पैरवी गर्ने ट्रेड युनियन कांग्रेसको एक महत्त्वपूर्ण राष्ट्रिय आबद्ध संघ हो । ट्रेड युनियन कांग्रेसमा विभिन्न २७ वटा संघहरु आबद्ध रहेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2