चारै तिरको घेराबन्दिका बिचमा पनि एमाले नेतृत्वदायि भुमिकामा रहेको छ :वरिष्ठ उपाध्यक्ष पोखरेल

 माघ १४, २०७

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमाले रास्टिय राजनीतिको मियो रहेको बताउनुभएको छ । उहाँले अहिले बनेको समीकरण अनुसारनै अगाडि बढ्नुपर्ने भन्दै राजनीतिक दलहरु बिच भएको सहमतिलाई अक्षरस पालना गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा संगठनद्वारा दोलालघाटमा आयोजित कार्यक्रममा पोखरेलले चारै तिरको घेराबन्दिका बिचमा पनि एमाले अहिले नेतृत्वदायि भुमिकामा रहेको बताउनुभयो ।

Public Patra Insert into Post

कार्यक्रमका प्रमुख अतिथि पोखरेलले एमालेले प्रतिकुलताहरु लाई चिर्दै अघि बढेको बताउनुभयो । यो समीकरण लाइ टुटन र भत्कन दिनु हुदैन भन्दै पोखरेलले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

अहिलेको समीकरण राजनीतिक स्थायित्वको लागि भएको उल्लेख गर्दै पोखरेलले हिजो भएका कमिकमजोरि बाट अनुभव र शिक्षा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । एमाले मत मिलाउने मात्रै नभै ,मन मिलाउने पार्टी भएको उहाँले बताउनुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिट्ब्युरो सदस्य अरुण नेपाल ,केन्द्रिय सदस्य सरेश नेपाल ,दावा तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2