आफ्नो बिबाहको अवसरमा अपांगता भएका बालबालिकालाई नगद तथा खाद्यान्न सामाग्री सहयोग

 माघ १४, २०७

मेलम्ची नगरपालिका वडा न ११ निवासी समाजसेवी तथा सिन्धुपाल्चोक उधोग बाणिज्य संघ उपाध्यक्ष रामकृष्ण चालिसेका सुपुत्र दिपक चालिसे र बुहारी निशा चापागाईंले श्री इन्द्रेश्वरी माध्यमिक बिद्यालयका अपांगता भएका बालबालिकालाई नगद पाँच हजार ( ५०००) सहित खाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको छ।

आफ्नो शुभ बिबाहको पुनित अवसरमा सम्झाना स्वरुप नगद तथा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नु भएको हो। इन्द्रेश्वरी माध्यमिक बिद्यालयमा २६ जना अपांगता बालबालिका रहेका छन ।

Public Patra Insert into Post

उहाँहरुले आफ्नो शुभ बिबाहको पुनित अवसरमा सहयोग गर्न पाऊदा खुशि ब्यक़्त गरेका छन भने बिद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले सहयोगी हातहरुलाई बिद्यालयमा सधैंभरी  सहयोगको अपेक्षा गर्दै नयाँ वर बधुको दाम्पत्य जीवनको हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै मुरी मुरी धन्यवाद व्यक्त् गर्नुभयो ।

No description available.

No description available.

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2