मलमासले धकेलिए चाडपर्व,२०८० सालको दशैँ कात्तिकमा,असोजमा तीज

 माघ १६, २०७

काठमाडौं : २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ। फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन्। कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ

यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन् । यो वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिक मास रहनेछ। मलमासअघिका चाडपर्व भने अगाडि आएका छन्। जस्तै आमाको मुख हेर्ने दिन वैशाख ७ मा नै परेको छ। अक्षय तृतीया पर्व वैशाख १० गते छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने बुद्धजयन्ती वैशाख २२ गते परेको छ।

Public Patra Insert into Post

गुरुपूर्णिमा असार १८ गते छ। गुरुपूर्णिमाको एक महिनामा पर्नुपर्ने जनैपूर्णिमा वा रक्षाबन्धन अधिक मासका कारण भदौ १४ गते परेको छ। तिथिको घटबढका कारण नेवार समुदायले गाईजात्रा पर्व पनि त्यही दिन मनाउनेछ।

नागपञ्चमी भने भदौ ४ गते परेको छ। यस्तै श्रीकृष्णजन्माष्टमी पर्व भदौ २० गते मनाइने छ। कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन भदौ २८ गते परेको छ।तीजपर्व असोजको १ मा पुगेको छ।

तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते परेको पञ्चांगहरूमा उल्लेख छ। त्यसै दिन बिहान कुकुरपूजा गरिनेछ। भोलिपल्ट २७ गते औँसीका दिन गाईपूजा गर्न निर्देश छ। सोमबार परेको औँसी भएकाले सोमबारे औँसी पनि मनाइनेछ। कात्तिक २८ गते गोवर्धन पूजा गरिनेछ। यसै दिन नेपाल संवत् ११४५ शुरु हुनेछ। नेवार समुदायले यो दिन म्हपूजा गर्नेछ। कात्तिक २९ गते भाइटीका परेको छ।

छठपर्व मंसिर ३ गते परेको छ। ठूली एकादशी अर्थात् हरिबोधिनी एकादशी मंसिर ७ गते परेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2