‘फिजिबिलिटी’अध्ययन सकिने बित्तिकै केरुङ-काठमाडौं रेलवेको काम अगाडि बढाइने

 माघ १६, २०७

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्वपूर्ण छलफल भएको छ।

Public Patra Insert into Post

त्यसक्रममा राजदूत सोङ्गले टोखा छहरे सडकको ‘इआइए’ प्रतिबेदन स्वीकृत गर्ने बित्तिकै चीनले थप कदम अगाडि बढाउने, ‘फिजिबिलिटी’ अध्ययन सकिने बित्तिकै केरुङ-काठमाडौं रेलवेको काम अगाडि बढाइने, अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने तथा नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2