क्यानको बोर्ड बैठक आजदेखि पोखरामा, सन्दीपमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौताबारे छलफल हुने

 माघ १७, २०७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आजदेखि पोखरामा बोर्ड बैठक बस्न लागेको छ । क्यानको बोर्ड बैठकमा मुख्य एजेन्डाका रूपमा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौताबारे छलफल हुने रहेका छन् ।

बैठकमा क्यानको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्ट्ससँगको आकस्मिक दोस्रो संशोधन र सम्झौताका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको हो ।

Public Patra Insert into Post

क्यानले नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथिको निलम्बन फुकुवा गर्नका लागि बोर्डमा प्रस्ताव पेस गर्ने जनाएको छ । सन्दीप अहिले धरौटीमा रिहा भएका छन् । अदालतबाट अन्तिम फैसला आउन बाँकी छ ।

क्यानकै सात सदस्यले माघ १५ गते कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए ।

क्यानको यस बोर्ड बैठकमा १७ बुँदे एजेन्डामाथि छलफल हुनेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2