पाँचपोखरीको बजारमा मिति गुज्रेका ६ लाख ५७ हजार बराबारको सामान नष्ट

 माघ १८, २०७

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रको बजार अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका २१२ वटा पसल अनुगमन गरि अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु आज जफत गरि नष्ट समेत गरिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो । गाउँपालिकाले गरेको अनुगमनमा प्रायजसो मिति गुज्रेको सामान भेटिएको र यसले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले त्यसलाई जफत गरि नष्ट गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

उपाध्यक्ष सुनिता अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति बनाई बजारको अनुगमन गरिएको अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा ३ लाख ३० हजार भन्दा धेरै मुल्य बराबरको पेय पदार्थ, चकलेट, चिजबल, मिठाई,चाउचाउ गरी ७३ हजार बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको गाउँपालिकाका कर्मचारी युवराज भट्टराईले जानकारी दिनुभयो । त्यस्तै २ लाख ३६ हजार बराबरको तेल, चिउरा, चामल लगायतको सामाग्री गरि ६ लाख ५७ हजार मुल्य बराबरको मिति गुज्रेका अखाद्य वस्तु नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

Public Patra Insert into Post

जिल्लाको अन्य पालिकाले चार्डपर्वको समयमा मात्र गर्ने बजार अनुगमन भन्दा छुट्टै समयमा गरिने अनुगमन प्रभावकारी हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो कदमको स्थानिय देखि व्यापारीहरुले समेत खुलेर स्वागत गरेका छन् । अहिले सम्म मिति नहेरी सामाग्रीहरु उपभोग गर्नेहरुलाई यसले सचेतना फैलाएको स्थानिय व्यापारी विकास श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाले यसअघि देखिनै पालिकामा अखाद्य वस्तु नभित्रियोस भनेर सिमानाका खाल्डेखोलामा चेकजाँच गर्नेगरेको छ । गाउँपालिका अध्यक्ष टासि लामाले अब सामान किनबेच गर्दा मिति हेरर मात्र किनबेच गर्न र प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनताको जीवनसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा मिति गुज्रेका सामान विक्रि वितरण गरेको पाइएमा तत्काल वडा,पालिका वा प्रहरीलाई खबर गर्न आग्रह समेत गर्नुभयो ।

पालिकाका बासीन्दालाई गुणस्तरिय खाद्यान्य खुवाउने अभियानका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा चेक पोइन्ट स्थापना गरि काम सुरु गरेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले २०७९ असोज ५ देखी २ जना कर्मचारी तथा बजार निरीक्षक राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका भित्र व्यापारीहरुले निर्यात गरी ल्याएको खाद्य सामाग्रीहरुको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति चेक जाँच गरी दैनिक रुपमा तथ्याङ्क राख्ने काम गरि रहेको कर्मचारी राजन भुजेलले बताउनुभयो । गाउँपालिकाले बजार निरीक्षण सम्बन्धी कार्यविधि -२०७९ गाउँकार्यपालिकाबाट पास गरी लागु गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

आफ्नो पालिका भित्र बसोबास गर्ने उपभोक्ताहरुले गुणस्तरीय खाद्यान्न सामाग्रीको उपयोग गर्न पाउन भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताउनुभयो । माथिल्लो भेग हरुमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानियले गुनासो गरेका थिए । अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानिय राम श्रेष्ठले खुशी व्यक्त गर्नुभयो । मिति हेर्न समस्या रहेका गाँउका साना व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले मिति सकिन लागेका पठाउने गरेको पाइएपछि यो अभियान सुरु गरेको पालिकाले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2