इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश

 माघ १८, २०७

साविक विजेता इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इन्टरले क्वाटरफाइनलमा एटालान्टालाई १-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

Public Patra Insert into Post

खेलको ५७औं मिनेट माटेयो डर्मियानले गोल गरि इन्टरलाई अग्रता दिलाएका थिए । बाँकी समयमा एटालान्टा खेलमा फर्कन नसक्दा उनकै गोल इन्टरलाई अन्तिम चारमा प्रवेश गर्न पर्याप्त भयो ।

अब सेमिफाइनलमा युभेन्टस र लासियोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई बीचको क्वाटरफाइनल शुक्रबार हुनेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2