भारतमा आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु

 माघ १८, २०७

काठमाडौँ । भारतको झारखण्डस्थित एक भवनमा भीषण आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।

धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १७ जना गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

Public Patra Insert into Post

जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् ।भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ । फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ।

आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2