नगर प्रमुख आइतमान तामाङद्वारा मेलम्ची-९ वडा कार्यालय भवनको शिलान्यास

 माघ १८, २०७

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका -९ ज्यामिरेको वडा कार्यालय भवनको नगर प्रमुख आइतमान तामाङले आज शिलान्यास गर्नु भएको छ । भवनको शिलान्यास गर्नु हुँदै नगरप्रमुख तामाङले वडा कार्यालयको भवन निर्माण पछि जनतालाई सेवा दिन थप सहज हुने बताउनु भयो ।

सङ्घ र नगरपालिकाको ५०/५० प्रतिशत साझेदारीमा ३ करोड ४० लाख लागतमा ठेक्का आह्वान गरेको सो भवन निर्माण गर्न २ करोड ४५ लाखमा जुगल हिमशिखर केदार निर्माण सेवा जेबीले जिम्मा पाएको छ । ९ कोठा, एक सभाहल, शौचालय तथा पर्खाल सहितको सुभिधा सम्पन्न भवनको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न हुने निर्माणका कम्पनीका संचालक अमर दोङ तामाङले जानकारी दिनु भयो ।

Public Patra Insert into Post

यसअघि भवनको अभावमा अस्थायी टहराबाट वडा कार्यालय सेवा सञ्चालन गरि रहेको थिए । वडा अध्यक्ष किरण दिप खड्काको अध्यक्षतामा भएको यस शिलान्यास कार्यक्रममा यस वडाका जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका नेता, शिक्षक बुद्धिजीवीहरु लगायतको विशेष उपस्थिती रहेको थियो ।No description available.

No description available.

No description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2