कालिञ्चोक दर्शनको आइपिओ बाँडफाँट,तपाईलाई पर्यो की परेन,यसरी हेर्नुहोस् नतिजा

 माघ १, २०७

कालिञ्चोक दर्शनको आइपिओ बिहीबार (आज) बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ८९ हजार ६४० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

आइपिओका लागि कुल १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएकाेमा ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

Public Patra Insert into Post

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्छन्।  साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2