मेरो मौनता आजसम्म मात्रै हो,जे भन्न,लेख्न र गर्न बाँकी छ गरिहाल्नुहोला- रवि लामिछाने

 माघ १, २०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।

आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमा लेखेका छन्, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आज सम्मका लागि मात्रै हो म अभिमन्यु होइन ।”

Public Patra Insert into Post

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए ।

त्यसपछि रास्वपाले गृह मन्त्रालयमै दाबी गरिरहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2