रास्वपाको बैठक सुरु,सरकारमा रहने/नरहने निर्णय गरिने

 माघ १, २०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गरिने बताइएको छ ।

सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसहित उपप्रधान एवं गृहमन्त्री पद गुमाएपछि पुरानै जिम्मेवारीमा फर्कन मिहिनेत गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वार्थ बाझिने भएकाले पुरानो जिम्मेवारी नदिने भन्दै खाली रहेको मन्त्रालयमा अर्कै सांसदको नाम सिफारिस गर्न आग्रह गरिसकेका छन् ।

Public Patra Insert into Post

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2