माघ २२ देखि आइपीओ निष्कासन गर्दै बिपिडब्लु लघुवित्त

 माघ २०, २०७

आइतबार (माघ २२ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री खुल्ला गर्ने भएको छ ।

लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ ।

Public Patra Insert into Post

जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । माग बमोजिको आवेदन नपरेको खण्डमामा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले सीआस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्ने छन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2