जाल्पादेवि मा वि मेलम्ची-२ को ६३औँ वार्षिक उत्सव तथा ४८औं अभिभावक सम्पन्न

 माघ २०, २०७

मेलम्ची नगरपालिका वडा नं.२ जैसीगाउँ स्थित जाल्पादेवि माध्यमिक विद्यालयको ६३औँ वार्षिक उत्सव तथा ४८औं अभिभावक दिवस एवम् पूर्व विद्यार्थी पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुणस्तरीय शिक्षाका लागि समय समयमा अन्र्तरक्रिया गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले शिक्षामा केहि ऐन परिबर्तन गर्न लागेको उल्लेख गर्दै शिक्षा सँग सरोकार राख्ने सरोकारवाला लगायत अभिभावक,विद्यार्थी हरुसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Public Patra Insert into Post

नगर प्रमुख तामाङले दिवा खाजालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले आन्तरीक स्रोतबाट ८ सम्मका विद्यार्थीलाई खाजा उपलब्ध गराएको समेत उल्लेख गर्नुभयो । उहाँले विद्यालयमा आवश्यक ल्याव,पुस्तकालय लगायतका सामाग्रीहरु उपलब्ध गराउने कुरामा आफु सकारात्म रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले शिक्षालाई सिप सँग जोड्का लागि नगरपालिकाले विभिन्न योजनाहरु बनाएको बताउनुभयो । उहाँले जीवनोपयोगी शिक्षा प्रदानका लागि नगरपालिका सकारात्मक रहेको स्पष्ट पार्दै शिक्षा, स्वास्थ्य जस्ताकुरामा लापरर्बाहि नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर २का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा , वडा नम्बर १का वडा अध्यक्ष कृष्ण मुरारी चौलागाई, जिल्ला सहकारी सघंका अध्यक्ष मित्रलाल चौलागाई लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्णु ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक हरिहर आचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । बार्षिक उत्सवको अवसरमा विद्यालमा विभिन्न ब्यक्ति तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2