नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित निःशुल्क स्वास्थ शिविरमा लिए ५ सय २४ ले सेवा

 माघ २०, २०७

नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ ले सेवा लिएका छन ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जसँगको सहकार्यमा शुक्रबार मेलम्चीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ले सेवा लिएका हुन । शिविरमा जनरल मेडिसिन, अर्थोपेडिक, नाक, कान घाँटी ,स्त्री लगायत रोगको जाँच, औषधी तथा परामर्ष दिइएको थियो ।

Public Patra Insert into Post

कार्यक्रममा ८७ जनालाई न्यानो कम्बल समेत वितरण गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै सङ्घकी अध्यक्ष कुशुमलता सिंहले प्रहरी श्रीमती सङ्घले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2