१०३ वर्षीय वृद्धले गरे १ सय वर्ष कटेकी दिपकुमारीसँग विबाह

 माघ २१, २०७

काठमाडौँ । १०३ वर्षीय वृद्ध विलप्रसाद पौड्यालले विवाह गरेका छन् ।नुवाकोटको लिखु गाउँपालिका- ४ चौघडाका १०३ वर्षीय वृद्ध विलप्रसादले दोस्रो विवाह नभई नेपाली अर्थात् हिन्दू संस्कारअनुसार एक शतक उमेर पार गरेपछि पुर्नविवाह गर्नुपर्ने प्रचलन अनुसार पुर्नविवाह गरेका हुन्।

विसं १९७७ साल साउन १७ गते जन्मेका वृद्ध विलप्रसादका ६ छोरा, एक छोरी, ११ नाति, २२ नातिनी, ४९ जना पनाति, पनातिनी, एक जनतीसमेत गरी १०८ जना सन्तती छन् ।

Public Patra Insert into Post

वृद्ध विलप्रसादले आफ्नै घरमा आयोजित विवाह समारोहमा आफ्नी धर्मपत्नि १०० वर्षीया दिपकुमारी देवकोटा पौड्यालसँग गरेको पुर्नविवाह पुरोहित रामशरण खतिवडाले गराइदिएका हुन् । सो अवसरमा स्थानीयलाई भोज खुवाइएको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2