नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित

 माघ २१, २०७

काठमाडौं । हिजोबाट सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ।नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली बंगलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाइले गोल गरिन् ।ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खातुनको गोलबाट तेस्रो मिनेटमै बंगलादेशले सुरुवाती अग्रता बनाएको थियो ।

Public Patra Insert into Post

त्यस्तै खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् ।खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गरेपछि खेल २-१ को स्थितिमा रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३-१ ले विजयी भयो ।

उक्त जितसँगै बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ भने नेपालले नेपाल हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।  प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2