राजु गिरीद्वारा निर्देशित फिल्म‘नम्बरी सुन’को छायांकन सुरु

 माघ २१, २०७

काठमाडौं । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा पुजा गर्दै छायांकन सुरु भएको छ । शुक्रबार फिल्मको गीतबाट सुटिङ सुरु गरिएको निर्माण टिमले जानकारी दिएको हो ।

नारायण खातीको कथा तथा प्रस्तुतीमा निर्माण हुने सिनेमामा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली , सविन बास्तोला, विनोद न्यौपाने,गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा आशा भारती र अनिता गिरी लगायतका कलाकारको अभिनय रहनेछ ।

Public Patra Insert into Post

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने सिनेमामा शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामीछाने नृत्य निर्देशक रहने छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहने छ मुख्य सहायक निर्देशनमा जिबन गौतम रहेका छ्न भने प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छ । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायंकन गरिनेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2