आज एकैदिन सुनको मूल्य ह्वात्तै घटेपछि बजारमा सुन किन्ने हरुको घुइँचो,तोलाको कति पुग्यो ?

 माघ २२, २०७

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Public Patra Insert into Post

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2