टर्कीको भूकम्पमा ज्यान गुमाउनेको संख्यामा तीव्र वृद्धि,१७० को मृत्यु पुष्टि

 माघ २३, २०७

काठमाडौँ । टर्कियको दक्षिण-पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी टर्कीयमा कम्तीमा १७० भन्दा बढीको मृत्यु भएको छ ।

सिरियाको सिमासँग जोडिएको गाजियन्टेपमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा भुकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

Public Patra Insert into Post

टर्कीको भूकम्पको ठुलो असर देशको १० सहरमा परेको छ । टर्कीको गृहमन्त्री सुलेमानले ती सहर – कहमानमारश, हैटे, गाजिएनटेप, ओस्मानिये, अदियामान, सनलिउर्फा, मलेटिया, अदाना, दियारबाकिएर र किलिस भएको बताएका छन् ।

भूकम्पपछि प्राप्त सुरुवाती जानकारीका अनुसार यस कारण टर्की र यसका छिमेकी सिरियामा १७० भन्दा बढीको मृत्यु भएको छ । अधिकारीका अनुसार मृतकको आँकडा तीव्र रूपमा बढिरहेको छ ।

टर्की विपद् व्यवस्थापन विभाग एएफएडीले भूकम्पका कारण हालसम्म देशमा ७६ मानिसको मृत्यु भएको छ र ४४० मानिस घाइते छन् ।

यस्तै सिरियाली सरकारी मिडियाले अधिकारीलाई उद्धृत गर्दै यहाँ हालसम्म सयभन्दा बढी मरेको र २०० भन्दा बढी मानिस घाइते भएको खबर छ । अलेप्पोमा धेरै नै घर ढलेको खबर छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2