नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

 माघ २३, २०७

नेपाल क्रिकेट संघ (क्यान) ले मोन्टी देसाईलाई औपचारिक रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एक हप्ताअघि नै नेपाली टिमलाई प्रशिक्षण दिएका देसाईलाई क्यानले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति नदिँदा नियुक्ति समयमै भएको थिएन ।

Public Patra Insert into Post

क्यानले पाँच जना सर्ट लिष्टबाट मोन्टीलाई नियुक्त गरेको हो । अघिल्लो महिना भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई हटाएपछि रिक्त रहेको पदमा क्यानले खुला आवेदन मागेको थियो । कुल २४ जनाले आवेदन दिँदा देसाई पाँच जनाको नाम सर्ट लिष्टमा परेका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2